सानिमा लाइफ इन्सुरेन्सले साउन २० गतेदेखि आइपीओ निष्कासन गर्ने

ए वान डेस्क
१२ श्रावण २०७८, मंगलवार ०७:४३

काठमाडौं : सानिमा लाइफ इन्सुरेन्सले साउन २० गतेदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । यसले प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । जसअनुसार कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । जसमध्ये ३ लाख अर्थात् ५% सेयर कर्मचारी र ३ लाख अर्थात् ५% सेयर म्युचुअल फन्डको लागि छुट्याएको छ ।

बाँकी ५४ लाख कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा आइपीओ बिक्री नभएमा भदौ २ गतेसम्म आइपीओ निष्कासन खुला हुनेछ ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । सानिमा लाइफको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*