चैत मसान्तसम्म ३ करोड खोप आउने

ए वान डेस्क
१२ श्रावण २०७८, मंगलवार ०८:०१

आगामी चैत मसान्तसम्म नेपाल सरकारले तीन करोडभन्दा बढी कोरोनाभाइरस विरुद्धको खोप ल्याउने तयारी गरेको छ । १२ वर्षभन्दा माथिकालाई खोप दिने लक्ष्यसहित सरकारले यो योजना बनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन करोड २३ लाख डोज खोप चैतसम्म ल्याउने तयारीसाथ आफूहरु अगाडि बढेको बताएका छन् ।

१२ वर्षभन्दा माथि उमेरका सबैलाई खोप पुर्याउने सुनिश्चितता गर्दै सरकारले यस्तो योजना बनाएको हो ।

बालबालिकाका अमेरिकी खोप कम्पनी फाइजरको खोप ल्याउन प्रयास भएको पनि स्वास्थ्य मन्त्रालयका अधिकारीले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*