सिमरामा जडान गरिएको ‘सिसि क्यामेरा’ किन भयो बन्द ?

ए वान डेस्क
१२ श्रावण २०७८, मंगलवार ०९:०७

ए वान डेस्क /

बाराको सिमरामा बर्षौअघि तामझामका साथ सिसि क्यामेरा जडान गरियो । बिभिन्न दाृत निकायको सहयोगमा त्यसबेला राजमार्ग क्षेत्रमा सिसि क्यामेरा जडान गरिएको थियो ।

सिमरालाई सुरक्षित सहर बनाउने उदेश्य अनुरुप झन्डै २ दर्जन सिसि क्यामेरा जडान गरिएको थियो । तर अहिले जडान गरिएका सिसि क्यामेराहरु लामो समयदेखि बन्द अवस्थामा छन् । त्यसबेला पहिलो चरणमा राजमार्ग क्षेत्रमा सिसि क्यामेरा जडान गरियो । क्रमशः सिमरा बजारसहित भित्रि सडक क्षेत्रमा समेत क्यामेरा जडान गरिएको थियो ।

सिसि क्यामेरा जडान गर्न सिसि टिभि जडान तथा व्यवस्थापन समिति पनि गठन गरिएको थियो । तर बषौदेखि सिमरामा जडान गरिएका सिसि क्यामेरा बन्द हुदा समेत व्यवस्थापन समितिले खासै चासो देखाएको देखिदैन् । सिमरामा जडान गरिएका अधिकासं सिसि क्यामेराहरु बिग्रिएका छन् ।

समयमा सिसि क्यामेरा मर्मत गर्ने बिषयमा व्यवस्थापन समितिले चासो नदेखाउदा बर्षौदेखि बन्द छ । लाखौ खर्चेर जडान गरिएको सिसि क्यामेराको निगरानी यसअघि पुरानो ईलाका प्रहरी कार्यालय सिमराबाट हुन्थ्यो । तर अहिले ईलाका प्रहरी कार्यालय सिमरा आफ्नो भवनमा सरेपछि सिसि क्यामेरा मर्मतको काम अलपत्र अवस्थामा छ ।

योजना बनाएर अघि बढ्छौ : डिएसपी कुवर

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्ष्ँक मनोजित कुवरले सिसि क्यामेराको बिषयमा योजना बनाएर अघि बढ्ने बताउनुभएको छ । ए वान समाचारसंगको कुराकानीमा उहाले पहिलो चरणमा ममर्त गर्ने र दोश्रो चरणमा बिस्तार गर्दै लैजाने तयारीमा आफुहरु लागेको बताउनुभयो ।

सिसि टिभि जडान तथा व्यवस्थापन समितिका उपाध्यक्ष समेत रहनुभएका प्रहरी नायव उपरीक्षक कुवरले पुरानो कार्यालयबाट नया कार्यालयमा सार्ने तयारीमा आफुहरु लागेको बताउनुभयो । ‘चल्नेलाई चलाउने र बिग्रेकोलाई बनाउने कुरा भएको छ, मैले नगरपालिकासंग पनि आर्थिक बिषयमा समन्वय गरिरहेको छु’ उहाले भन्नुभयो ।

सिसि क्यामेरा अब बनाउछौ : सचिव शर्मा

सिसि टिभि जडान तथा व्यवस्थापन समितिका सचिव मोहन शर्माले सिसि क्यामेरा मर्मतको काम भदौदेखि थाल्ने बताउनुभएको छ । ए वान समाचारसंगको कुराकानीमा उहाले केहि क्यामेराहरु बिग्रिएको भन्दै भर्दौदेखि मर्मत थालिने बताउनुभयो । बर्षायामको समय भएकाले तार व्यवस्थापन गर्न समस्या भएको भन्दै उहाले छिट्टै नया भवनमा सारिने बताउनुभयो ।

६ लेनको सडकका कारण पनि मर्मत गर्न समस्या भएको भन्दै भदौ महिनाभित्र सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाले तराई यातायात व्यवसायी संघ सिमरादेखि मालपोत कार्यालय सिमरासम्म थप सिसि क्यामेरा पुर्याउने तयारीमा आफुहरु लागेको समेत बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*