एकैदिन विश्वमा थपिए साढे ६ लाखभन्दा बढी कोरोना संक्रमित
काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा ६ लाख ५० हजार ५९३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना संक्रमितको कुल संख्या १९ करोड ७३ लाख २५ पुगेको छ।
वल्डोमिटर्सको तथ्याङ्कअनुसार सबैभन्दा बढी अमेरिकामा ८४ हजार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा भारतमा ४४ हजार ६७३, इन्डोनेसियामा ४३ हजार ४७९ र ब्राजिलमा ४१ हजार ८५३ जना कोरोना संक्रमित थपिएका छन् ।















