बारा राईडर्स संघको पहिलो साधारणसभा सिमरामा सम्पन्न
ए वान डेस्क /
बारा राईडर्स संघको पहिलो साधारणसभा आज बाराको सिमरामा सम्पन्न भएको छ । साधारणसभाको आज एक कार्यक्रमकाबिच जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हिराबहादुर गुरुङले उद्घाटन गर्नुभएको थियो ।
साधारणसभाको उद्घाटन गर्दै वडा अध्यक्ष गुरुङले बारा राईडर्सको गतिविधिले खेल क्ष्ँेत्रको विकासमा ठुलो सहयोग पुगेको बताउनुभएको छ । सबैलाई संगठित गर्दै बारा राईडर्स अघि बढ्नुपर्ने भन्दै उहाले यसको विकास गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
वडा नम्बर ३ का वडा अध्यक्ष जगन्नाथ घिमिरेले खेल क्षेत्रको विकास गर्न बारा राईडर्सले महत्वपुर्ण भुमिका निर्वाह गर्नेमा आफु बिश्वस्त रहेको बताउनुभयो । होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर २ का महासचिव मोहन शर्माले बारा राईडर्स संघले सामाजिक गतिविधिलाई समेत बिशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका नेता राजन पौडेल, नव जनजागृती युवा क्लब सिमराका अध्यक्ष रामचन्द्र लामा, पुर्व अध्यक्ष राजकुमार भट्राई, खेलप्रेमी शम्भुसिंह ठकुरी लगायतको उपस्थिति रहेको थियो । साधारणसभाले आज नया कार्यसमिति चयन गर्ने बारा राईडर्सका निराजन थापाले ए वान समाचार डटकमलाई जानकारी दिनुभयो ।

बारा राईडर्स संघका अध्यक्ष शेषराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघका शालिकराम अधिकारीले गर्नुभएको थियो ।























