नेपालमा पब्जी र फ्रिफायर बन्द गर्न सांसदको यस्तो माग (हेर्नुस् भिडियो)
सांसद आशाकुमारी वि.क.ले सरकारले पब्जी र फ्रिफायर जस्ता अनलाइन खेलहरु बन्द गर्नुपर्ने बताएकी छन् । प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
https://www.youtube.com/watch?v=7JsQpvOaLic
उनले को,रोना कहरका कारण बालबालिकार किशोरकिशोरीको शिक्षा इन्टरनेटमार्फत् भएको भएपनि पब्जी र फ्रिफायर जस्ता खेलको लतमा परेर बच्चाहरुको स्वभावनै परिवर्तन भएको बताइन् । यसले अभिभावक समेत चि,न्तामा रहेको उनले उल्लेख गरिन् ।
उनले भनिन् – ‘कोरोना कहरले थलिएको देशको बालबालिका र किशोर किशोरीमा शिक्षामा परेको असरले समाजमा डरलाग्दो समस्या सिर्जना भएको छ । इन्टरनेट प्रयोगकर्ता बढेको छ यो खुशीको कुरा हो ।
तर पब्जी, फ्रीफयर जस्तो खेलको लतमा फसेको उनीहरुमा देखिएको डराउने, झस्कने, जिद्धिपना जस्तो अनौठो बानीले बच्चाहरुको स्वभावले आमा बाबुमा परेको तनावको कारण निम्तिने रो,गहरुको दृश्य सामान्य लाग्ला ।
तर पछि गएर मानसिक रोगीको अस्पतालको अभा,व हुने संकेत देखिएकोले तत्काल सरकारले यो अनलाइन खेलहरु बन्द गरियोस् । नत्र अभिभावक न्याय खोज्दै अदालतको ढोका पुग्ने दिन नआओस् ।’ पूरा भिडियो :























