सिमरामा ‘खसी कप फुटबल प्रतियोगिता’ शुरु, १३ टिमको सहभागिता

ए वान डेस्क
२६ श्रावण २०७८, मंगलवार १४:१९

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा कमल प्रेम स्मृती खसी कप फुटबल प्रतियोगिता शुरु भएको छ । नव जन प्रगति युवा क्लबको आयोजनामा प्रतियोगिता शुरु भएको हो ।

हिजोदेखि शुरु भएको प्रतियोगिता भदौ ५ गतेसम्म चल्नेछ । प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्र्तगत हिजो भएको उद्घाटन खेलमा आयोजक क्लब विजयी भयो ।

सृजना टोलको खेल मैदानमा भएको प्रतियोगितामा सम्झौता युवा क्लबलाई आयोजकले ४–२ गोल अन्तरले पराजित गरेको थियो । खेलाडीको प्रोत्साहन गर्न तथा गुणस्तरिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष उदय श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि प्रतियोगिताको नेकपा माओवादी केन्द्रका बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ (अनिल) ले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, राधाकृष्ण मध्यवर्ती सामुदायिक वन समुहका अध्यक्ष सत्य बहादुर श्रेष्ठ, जसपा प्रदेश कमिटि सदस्य सोहन शर्मा, समाजसेवी रविन्द्र खकुरेल, चुनु नेपाल, युवा नेता सोमलाल बोम्जन, वाईसिएल बाराका संयोजक अजुर्न शमार्, मोहन आले, नलिन्द्र थापा लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*