काठमाडौं उपत्यकाभित्र राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी चलाउन नपाउने

ए वान डेस्क
२६ श्रावण २०७८, मंगलवार १५:१८

काठमाडौं उपत्यकाभित्र राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने भएको छ। आज बसेको उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले बिहिवारबाट राति ८ बजेपछि सवारीलाई रोक लगाउने निर्णय गरेको हो।

कोरोना संक्रमण बढेको भन्दै राति ८ बजेपछि सवारी साधन चल्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज निरौलाले बताए।

‘ ८ बजेपछि होटेल रेष्टुरेष्टमा मानिस सवारी लिएर गएको पाइयो। यसले संक्रमण बढायो। त्यसैले ८ बजेपछि सार्वजनिक तथा निजी सवारीलाई रोक लगाइएको हो,’ सिडिओ निरौलाले भने।

त्यस्तै काठमाडौं उपत्यकाभित्र भदौ ८ गतेसम्मको लागि निषेधाज्ञा थप भएको छ। वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी छ। पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समय भोली रातिबाट सकिंदैछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*