खसी कप फुटबल : सुनौलो युवा क्लब विजयी
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा जारी कमल प्रेम स्मृती खसी कप फुटबल प्रतियोगितामा सुनौलो युवा क्लब पथलैया विजयी भएको छ । सृजना टोलको खेल मैदानमा हिजो भएको दोस्रो खेलमा सिमरा एकेडेमी सिमरालाई पराजित गर्दै सुनौलो युवा क्लब पथलैया विजयी भएको हो ।
प्रतियोगिता अन्र्तगत सुनौलो युवा क्लब पथलैयाले सिमरा एकेडेमी सिमरालाई ५–४ गोल अन्तरले पराजित गरेको थियो । नव जन प्रगति युवा क्लबको आयोजनामा जारी प्रतियोगिता भदौ ५ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्र्तगत आज सिमरा युनाईटेड र जे.एस.वाई.एल नगोलबिच खेल हुने आयोजक क्लबका अध्यक्ष उदय श्रेष्ठले जानकारी दिनुभयो ।























