जीतपुरसिमरा : जनप्रतिनिधि हुनु त यस्तो ! आफैले उठाए फोहोर, केहि सिक्ने की ?
प्रदिप गौतम /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा सदस्य धन बहादुर श्रेष्ठ बुधबार बिहान सिमराको एयरपोर्ट गेटमा देखिए । प्रायः सामाजिक कार्यमै व्यस्त रहने श्रेष्ठ बुधबार पनि जनताको सेवामै तल्लिन थिए ।
कालो टोपी, टिसर्ट अनि हाफ प्यानट लगाएर वडा सदस्य श्रेष्ठ आफै सडक क्षेत्रका फोहोर टिप्दै गरेको भेटिए । जथाभावी फालिएको फोहोर महिनौदेखि नउठेको भन्दै उपमहानगरपालिकाको व्यापक आलोचना भईरहेका बेला वडा सदस्य श्रेष्ठ आफै फोहोर उठाउन व्यस्त देखिन्थे ।
उपमहानगरपालिकाको ट्रिपर नै ल्याएर वडा सदस्य श्रेष्ठले सिमराको एयरपोर्ट रोड र मुख्य राजमार्ग क्षेत्रमा रहेका फोहोर दिनभरी लगाएर उठाए । लामो समयदेखि फोहोर नउठ्दा शर्वसाधारण निकै आक्रोशित थिए । तर बुधबार वडा सदस्य श्रेष्ठले देखाएको अग्रसरताको धेरैले प्रशंसा गरे ।
सिमराका व्यवसायी शिव पौडेलले सामाजिक सञ्जाल फेसबुकमा वडा सदस्य श्रेष्ठले फोहोर उठाउदै गरेको फोटो राख्दै प्रशंसा गरे । समाजसेवी आरिफ हुसेनले पनि वडा सदस्य श्रेष्ठले फोहोर टिप्दै गरेको फोटो र भिडियो फेसबुकमा हाल्दै उपमहानगरपालिकाको चर्को आलोचना गरे । ‘उपमहानगरपालिकाले गर्नुपर्ने काम हो, तर यहा“ वडा सदस्य आफैले फोहोर उठाईरहेका छन्’ हुसेनले भने ।
https://www.facebook.com/arif.husen.9/videos/843391886296841
त्यसो त केहिदिन अघि समयमा फोहोर नउठेको नभएको भन्दै वडा सदस्य श्रेष्ठ आफैले जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभामै मेयर डा. कृष्ण पौडेलमाथि आक्रोश व्यक्त गरेका थिए । पटक पटक जिम्मेवार जनप्रतिनिधिको ध्यानाकष्र्ण गराउदा समेत कुनै पनि सुनुवाई नभएकाले बाध्य भएर आफैले जनताको फोहोर उठाउनु परेको श्रेष्ठले बताए ।
‘मैले धेरै पटक मेयर, उप–मेयर र कार्यकारी अधिकृतको ध्यानाकष्र्ण गराईसकेको छु, तर कसैले पनि कुरा नसुनेपछि म आफ फोहोर उठाउन हिडे’ उनले भने । महिनौदेखि फोहोर नउठ््दा दुर्गन्ध बढ्दै गएको भन्दै श्रेष्ठले उपमहानगरपालिका फोहोर व्यवस्थापनको बिषयमा गंभिर हुनुपर्ने बताए ।
समयमै फोहोर नउठ्दा सिमरा क्षेत्रमा दुर्गन्ध बढ्दै गएको थियो । आफ्नै नातेदारलाई फोहोर संकलन गर्ने जिम्मा दिएर नगर प्रमुख डा. कृष्ण पौडेल पन्छिन खोजेको भन्दै चर्को बिरोध भईरहेको छ । केहिदिन भएको नगरसभामा पनि सहभागी जनप्रतिनिधिहरुले फोहोर व्यवस्थापन नभएको भन्दै नेतृत्वको चर्को आलोचना गरेका थिए ।























