प्रदुषण नियन्त्रणको माग गर्दै जीतपुरसिमरामा वडा कार्यालय घेराउ (हेर्नुस् भिडियो)
ए वान डेस्क /
प्रदुषण नियन्त्रणको माग गर्दै स्थानीयले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ को कार्यालय घेराउ गरेका छन् । नन्दन घ्यु र गणपती वनस्पतिको प्रदुषण नियन्त्रणको माग गर्दै स्थानीयले वडा कार्यालय घेराउ गरेका हुन् ।
https://www.youtube.com/watch?v=GEd3JYE0STc
सम्बन्धीत निकायलाई पटक पटक जानकारी गराउदासमेत बेवास्ता गरेकाले बाध्य भएर वडा कार्यालय घेराउ गर्नुपरेको स्थानीयको भनाई छ । स्थानीयले यसअघि हिजो वडा नम्बर ३ को कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।
नन्दन र गणपति उद्योगबाट निस्कने प्रदुषणका कारण बर्षौदेखि आफुहरु समस्यामा परेको भन्दै स्थानीयले यसअघि पनि पटक पटक वडा कार्यालयलाई ध्यानाकष्र्ण गराएका थिए । तर वडा कार्यालय र जिम्मेवार जनप्रतिनिधि आफुहरुको समस्याप्रति गंभिर नभएकाले आफुहरु सडकमा उत्रन बाध्य भएको उनीहरुको भनाई छ ।
वडा कार्यालय घेराउ गर्दै स्थानीयले उद्योगबाट निस्कने प्रदुषण नियन्त्रण गरिनुपर्ने, रोजगारीको व्यवस्था गरिनुपर्ने लगायतका माग गरेका छन् । यसैबिच, वडा नम्बर ३ का वडा अध्यक्ष जगन्नाथ घिमिरेले जनताको समस्या प्रति आफु गंभिर रहेको बताउनुभयो । उद्योगबाट निस्कने प्रदुषणका कारण जनताले लामो समयदेखि समस्या व्यहोर्न बाध्य भएकाले यस बिषयमा आफु उद्योगसंग गंभिर रुपमा छलफल गर्ने आश्वासन दिनुभयो ।
‘म जनताको समस्याप्रति गंभिर छु, यो बिषयमा म उद्योग प्रशासनसंग कुरा गर्छु’ उहाले भन्नुभयो । वडा अध्यक्ष घिमिरेले रोजगारीको लागी समेत पहल गर्ने उहाले बताउनुभयो ।























