भदौ १६ गतेदेखि सिमरा–पोखरा उडान हुने

ए वान डेस्क
४ भाद्र २०७८, शुक्रबार १४:४३

ए वान डेस्क /

अन्ततः सिमरा–पोखरा उडान हुने भएको छ । प्राप्त जानकारी अनुसार भदौ १६ गतेदेखि सिमरा–पोखरा उडान हुने भएको हो । लामो समयको प्रयासपछि पहिलो पटक सिमरा–पोखरा उडान हुन लागेको हो ।

सिमरा–पोखराको पहिलो उडान भदौ १६ गते हुने सिमरा टुर एण्ड ट्राभल्सका सञ्चालक रामचन्द्र लामाले जानकारी दिनुभयो । बुद्ध एयरले पहिलो पटक सिमरा–पोखरा उडान गर्न लागेको हो ।

‘अहिले १ दिन बिराएर उडान गर्ने कार्यतालिका आएको छ, लामो समयको प्रयासपछि हामी सिमरा–पोखरा उडान गराउदैछौ’ लामाले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*