‘खसी कप’ को फाईनल भोलि : आयोजक र सिमरा युनाईटेड भिड्ने

ए वान डेस्क
४ भाद्र २०७८, शुक्रबार १८:२४

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा जारी कमल प्रेम स्मृती खसी कप फुटबल प्रतियोगिताको फाईनल खेल भोलि हुदैछ । सृजना टोलको खेल मैदानमा हुने फाईनल खेल दिउसो ३ बजेदेखि शुरु हुनेछ ।

उपाधीका लागी आयोजक नव जन प्रगति युवा क्लब र सिमरा युनाईटेडबिच खेल हुनेछ । अल्लारे युवा क्लबलाई पराजित गर्दै आयोजक फाईनल प्रवेश गरेको थियो भने बकुलिया युवा क्लबलाई पराजित गर्दै सिमरा युनाईटेड फाईनमा प्रवेश गरेको थियो ।

भोलि खसी कपको समापन दिउसो ३ बजेदेखि शुरु हुने आयोजक क्लबका अध्यक्ष उदय श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*