सिमरा युनाईटेडले उचाल्यो ‘खसी कप’ को उपाधी
सिमरा युनाईटेड सिमराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा आयोजित कमल प्रेम स्मृती खसी कप फुटबल प्रतियोगिताको उपाधी उचालेको छ ।
सृजना टोलको खेल मैदानमा आज भएको फाईनल खेलमा आयोजक नव जन प्रगति युवा क्लबलाई पराजित गर्दै सिमरा युनाईटेडले उपाधी उचालेको हो । बिजेता सिमरा युनाईटेडले खसी प्राप्त गरेको छ ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सिमरा युनाईटेडले आयोजक क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । बिजेता सिमरा युनाईटेडलाई कार्यक्रमका प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तिलक श्रेष्ठले खसी प्रदान गर्नुभएको थियो ।
नव जन प्रगति युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको थियो ।























