सिमरामा खुल्यो ‘एस.आर डिपार्टमेन्ट स्टोर’

ए वान डेस्क
९ भाद्र २०७८, बुधबार २१:३२

ए वान डेस्क /

बाराको सिमरामा एस.आर डिपार्टमेन्ट स्टोर आजदेखि सञ्चालनमा आएको छ । सिमराका सफल युवा व्यवसायीहरुको लगानीमा एस. आर डिपार्टमेन्ट स्टोर सञ्चालनमा आएको हो ।

करोडौको लगानीमा सिमरा बिजनेस सेन्टरमा स्थापना गरिएको एस.आर डिपार्टमेन्ट स्टोर आजदेखि सञ्चालनमा आएको सञ्चालक राजन उप्रेतीले जानकारी दिनुभयो । एस. आर डिपार्टमेन्ट स्टोरमा हरेक प्रकारका सामान पाईने सञ्चालक उप्रेतीले बताउनुभयो ।

सिमरा व्यापारीक हबको रुपमा विकास हुदै जादा यसको आवश्यक्तालाई मध्यनजर गर्दै सुविधा सम्पन्न डिपार्टमेन्ट स्टोर सञ्चालनमा ल्याईएको उप्रेतीले बताउनुभयो । ‘डिपार्टमेन्ट स्टोरमा तपाईलाई चाहिने सबै सामाग्री पाईन्छ, एकै ठाउमा सबै थोक पाउने भएपछि बाहिर जानै पर्दैन्’ उहाले भन्नुभयो ।

सामाजिक रुपमा आफ्नो पहिचान स्थापित गराईसकेका सिमराका सफल युवाहरुले संयुक्त लगानीमा डिपार्टमेन्ट सञ्चालनमा ल्याएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*