अमलेखगञ्जमा खुल्दै अर्गानिक ‘रिभरसाईड कटेज’

ए वान डेस्क
१० भाद्र २०७८, बिहीबार ०९:४६

ए वान डेस्क /

पर्यटकीय नगरी बाराको अमलेखगञ्जमा अर्गानिक रिभरसाईड फेमिलि कटेज सञ्चालनमा आउदैछन् । सफल युवा व्यवसायी बिनय शाहसहितका युवाहरुको लगानीमा रिभरसाईड फेमिलि कटेज सञ्चालनमा आउन लागेको हो ।

कटेजको केहिदिन भित्रै उद्घाटन गर्ने तयारी गरिएको छ । झन्डै ४० लाखको लागतमा निर्माण भईसकेको कटेज अमलेखगञ्जको झोलुंगे पुल नजिकै रहेको छ । कटेजमा अर्गानिक खाजा, खानाका परिकारहरु पाईने सञ्चालक बिनय शाहले जानकारी दिनुभयो ।

‘हाम्रो कटेजमा अर्गानिक खाना, खाजा पाईन्छ, झोलुंगे पुलमा रमाएर प्रकृतिको आनन्द पनि लिन सकिन्छ’ सञ्चालक शाहले भन्नुभयो । कटेजमा लोकल कुखुराको मासु, खसिको मासु, टिपिकल खाना, ढिडो संगै खाजा नास्ताको राम्रो व्यवस्था रहेको सञ्चालक शाहले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*