माओवादी नेता श्रेष्ठले क्लबलाई गरे खेलकुद सामाग्री सहयोग

ए वान डेस्क
१२ भाद्र २०७८, शनिबार १२:२४

ए वान डेस्क /

नेकपा माओवादी केन्द्र जिल्ला कमिटि बाराका सदस्य धन बहादुर श्रेष्ठले खेलकुद सामाग्री सहयोग गर्नुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको हरियाली युवा क्लबलाई खेलकुद सामाग्री सहयोग गर्नुभएको हो ।

सामाजिक क्षेत्रमा सक्रिय श्रेष्ठले क्लबलाई झण्डै ४० हजार बराबरको खेलकुद सामाग्री सहयोग गर्नुभएको हो । एक कार्यक्रमका बिच खेलप्रेमी श्रेष्ठले क्लबका अध्यक्ष अजय चौधरीलाई ३ थान फुटबल, जर्सि, बुट, ग्लब्ससहितको सामाग्री हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा श्रेष्ठले खेल क्षेत्रमा निरन्तर लाग्न आग्रह गर्नुभयो ।

खेल क्षेत्रमार्फत समाज विकास गर्न सकिने भन्दै उहाले आगामी दिनमा पनि आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र बाराका जिल्ला कमिटि सदस्य अर्जुन चिमोरियाले स्वस्थ रहन पनि खेलकुद आवश्यक रहेको बताउनुभयो । उहाले खेल क्षत्रको विकासमा युवाहरु लाग्नुपर्ने बताउनुभयो ।

वाईसिएल नेपाल बाराका संयोजक अर्जुन शर्माले समाज परिवर्तन गर्न खेल क्षेत्रले ठुलो भुमिका खेल्ने बताउनुभयो । जिल्ला फुटबल संघका सचिव उदय श्रेष्ठले आगामी दिनमा जिल्ला संघले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा मजदुर नेता डि.बि थापा, पत्रकार गंभिरा सहनी लगायतको उपस्थिति रहेको थियो । खेलकुद सामाग्री लिदै क्लबका अध्यक्ष अजय चौधरीले खेलप्रेमी क्षेष्ठलाई धन्यवाद दिनुभयो ।

सामाजिक एवं राजनितिक क्षेत्रमा सक्रिय श्रेष्ठले खेल क्षेत्रको विकासमा महत्वपुर्ण योगदान दिनुभएको छ । सिमरा रंगशाला निर्माण कार्यमा सक्रिय भुमिका निर्वाह गर्नुभएका श्रेष्ठले पछिल्लो समय खेलकुद विकास अभियानमा जोडिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*