जीतपुरसिमरा : शर्वसाधारणको ज्यान गएपछि स्थानीयले लगाए वडा कार्यालयमा ताला
ए वान डेस्क /
जनप्रतिनिधिको उदासिन्ताका कारण शर्वसाधारणको ज्यान गएको भन्दै जीतपुरसिमरा उमपहानगरपालिका वडा नम्बर ११ को कार्यालयमा आज तालाबन्दी गरिएको छ । भत्किएको पुल समयमा निर्माण नहुदा शर्वसाधारणको ज्यान गएको भन्दै आक्रोशित स्थानीयले आज वडा कार्यालय घेराउ गरेका थिए ।
वडा कार्यालय घेराउ गरेका आक्रोशित स्थानीयले जनप्रतिनिधि जनताको समस्याप्रति गंभिर नभएको भन्दै तालाबन्दी गरेका हुन् । वडा नम्बर ११ को खेस्रौल जाने पुल लामो समयदेखि भत्किएको थियो । सोही भत्किएको पुलमा मोटरसाईकल दुर्घटना हुदा हिजो एक जना युवकको मृत्यु भएको थियो ।
भत्किएको पुलमा मोटरसाईकल दुर्घटना हुदा स्थानीय प्रमोद चौधरीको ज्यान गएको थियो । मजदुरी गरेर साझ घर फर्किरहेका प्रमोदको भत्किएको पुलमा शव फेला परेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । पटक पटक वडा कार्यालयलाई भत्किएको पुल निर्माण गरिदिन आग्रह गरेपनि बेवास्ता गरेको स्थानीयको आरोप छ ।























