जीतपुरसिमरा : तेस्रो भेट्रान कप २०७८ असोज १ गतेदेखि
ए वान डेस्क /
तेस्रो भेट्रान कप २०७८ असोज १ गतेदेखि शुरु हुने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको कोशेली यूथ क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुल समितिका संयोजक सोमलाल बोम्जनले गैरी खेल मैदानमा तेस्रो सस्करण शुरु गर्न लागिएको जानकारी दिनुभयो । असोज १२ गतेसम्म चल्ने प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा विरगञ्ज यूथ एकेडेमी भेट्रान विरगञ्ज, बकुलिया भेट्रान बकुलिया, कोल्हवी भेट्रान कोल्हवी, फ्रेन्डसिप भेट्रान हेटौडा, चितवन भेट्रान चितवन, अभिषेक चर्च भेट्रान क्लब नवलपरासी, एफ.सी. काल भैरव भेट्रान हेटौडा, चपुर भेट्रान चपुर, बागमती भेट्रान बागमती, चाबेल भेट्रान काठमाण्डौ, विराटनगर भेट्रान विराटनगर, भेट्रान सिटि भेट्रान विरगञ्ज, सिमरा भेट्रान सिमरा र आयोजक हुलास फुटबल क्लब हुलासले सहभागिता जनाउने संयोजक बोम्जनले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेताले नगद ५० हजार उप बिजेताले नगद ३० हजार पाउने बताउनुभयो ।
त्यसबाहेक प्रत्यक दिन म्यान अफ द म्याच, हाईस्कोरर, म्यान अफ द सिरिज, बेस्ट परफमेन्स, बेस्ट डिफेन्स र बेस्ट गोल किपरको उपाधी पनि दिईने संयोजक बोम्जनले बताउनुभयो । प्रतियोगितामा अनुमानित ५ लाख १८ हजार ६०० रुपैया खर्च लाग्ने आयोजकले बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै आयोजक कोशेली यूथ क्लबका अध्यक्ष बिशाल घिमिरेले प्रतियोगिता सफल रुपमा सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
आर्थिक समितिका संयोजक अमृतलाल श्रेष्ठले प्रतियोगितालाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बतायनुभयो । पत्रकार सम्मेलनमा मुल समितिका सचिव सुरज लामा लगायतको उपस्थिति रहेको थियो ।























