तेस्रो भेट्रान कपलाई ५ थान फुटबल सहयोग

ए वान डेस्क
१३ भाद्र २०७८, आईतवार ११:४८

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा आयोजना हुन लागेको तेस्रो भेट्रान कप २०७८ को लागी युवा व्यवसायीहरुले फुटबल सहयोग गरेका छन् । सामाजिक क्षेत्रमा समेत सक्रिय युवा व्यवसायी दिपक भण्डारी, केशव थापा र अरबिन्द शाहले फुटबल सहयोग गर्नुभएको हो ।

प्रतियोगिता बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भण्डारी, थापा र शाहले ५ थालन फुटबल मुल समितिलाई सहयोग गर्नुभएको हो । भण्डारीबाट २, थापा र शाहबाट ३ थान गरी ५ थान फुटबल प्राप्त भएको समितिका सचिव सुरज लामाले जानकारी दिनुभयो ।

कोशेली यूथ क्लबको आयोजना हुने प्रतियोगिता यही असोज १ गतेदेखि शुरु हुदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*