अमलेखगञ्जमा पथलैयाको पानि लैजाने तयारी, सरकारले थाल्यो काम
ए वान डेस्क /
प्रदेश नम्बर २ को सरकारले बाराको अमलेखगञ्जमा पथलैयाबाट पानि लैजाने तयारी गरेको छ । प्रदेश २ का उर्जा तथा जलश्रोत मन्त्री ओम प्रकाश शर्माले खानेपानी समस्या समाधानका लागी स्थलगत अध्यनको काम छिट्टै शुरु गरिने बताउनुभयो ।
बाराको अमलेखगञ्जमा भएको छलफलमा बोल्दै मन्त्री शर्माले पथलैयाबाट अमलेखगञ्ज पानी लैजाने गरी प्रदेश सरकारले तयारी थालेको बताउनुभयो । केहिदिन अघि नेपाली काग्रेस जीतपुरसिमरा उपमहानगरपालिकाका नगर सभापति श्यामबाबु गुप्ताको नेतृत्वमा पुगेको टोलिले मन्त्री शर्मालाई खानेपानीको बिषयमा ध्यानाकष्र्ण गराएपछि प्रदेश सरकारले चासो दिएको हो ।
छलफलमा बोल्दै मन्त्री शर्माले जनतालाई खानेपानीको पहुचसम्म पुर्याउन प्रदेश सरकार गंभिर भएर लागेको बताउनुभयो । खानेपानी समस्या समाधानका लागी तत्कालै बजेट बिनियोजन गरी डिपिआर तयार गर्न मातहतका निकायलाई आफुले निर्देशन पनि दिएको मन्त्री शर्माले बताउनुभयो ।
बिज्ञ सहितको टोलिलाई स्थलगत अनुगमन गराउने काम शुरु गर्ने काम भईरहेको मन्त्री शर्माले बताउनुभयो । ‘मैले आवश्यक निर्देशन दिईसकेको छु, अब छिट्टै स्थलगत अनुगमन गरे हामी काम अघि बढाउछौ’ मन्त्री शर्माले भन्नुभयो । छलफलमा प्रदेश २ का उर्जा तथा जलश्रोत मन्त्री ओम प्रकाश शर्मा, संविधानसभा सदस्य मधुसाही ठकुरी, प्रदेशसभा सदस्य सुन्दर बहादुर बिश्वकर्मा, प्रदेशसभा सदस्य सिता गुरुङ, नेपाली काग्रेसका नगरसभापति श्याम बाबू गुप्ता, अमलेखगञ्ज खनेपानीका अध्यक्ष नारायण लामिछाने, तरुण बिभागका प्रदेश २ सदस्य राजकुमार लामा, शेखर भन्डारी लगायतको उपस्थिति रहेको थियो ।
खानेपानी समस्या समाधानका लागी काग्रेसका नगर सभापति गुप्ताले प्रदेश सरकारको ध्यानाकष्र्ण गराउदै आउनुभएको थियो । मन्त्री शर्मालाई नै भेटेर नगर सभापति गुप्ताले खानेपानी समस्या समाधान गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभएको थियो ।















