पर्यटन प्रवद्र्धन गर्न पोखराको ‘जम्बो टोलि’ बारामा

ए वान डेस्क
१६ भाद्र २०७८, बुधबार २०:००

ए वान डेस्क /

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा नेतृत्वको टोलि आज बारा आईपुगेको छ । सिमरा–पोखरा हवाई उडानको शुभारम्भ गर्दै मन्त्री शर्मा नेतृत्वको टोलि आज बारा आईपुगेको हो ।

पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ बारा आएको टोलि ३ दिनसम्म बस्नेछ । मन्त्री शर्माको नेतृत्वमा १५ सदस्यीय टोलि सिमरा–पोखरा हवाई उडान हुदै बारा आईपुगेको हो । बारा आईपुगेको टोलिलाई सिमरा बिमानस्थलमा स्वागत गरिएको थियो ।

नाटा प्रदेश नम्बर २ को संयोजनमा बारा आईपुगेको टोलिलाई प्रदेश नम्बर २ का उद्योग, पर्यटन तथा वन मन्त्री राम नरेश राय यादवले स्वागत गर्नुभएको थियो । टोलिलाई स्वागत गर्न जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल पनि सिमरा बिमानस्थल पुग्नुभएको थियो ।

स्वागत कार्यक्रमपछि सिमरा बिमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्माले सिमरा–पोखरा हवाई उडानले पर्यटन प्रवद्र्धनमा ठुलो भुमिका खेल्ने बताउनुभयो । उहाले पर्यटन प्रवद्र्धनको अभियानमा समेत लाग्न सबैलाई आग्रह गर्नुभयो । पर्यटन प्रवद्र्धनको निम्ति सिमरा–पोखरा हवाई उडानले ठुलो भुमिका खेल्ने भन्दै उहाले सबै पक्ष एक भएर लाग्नुपर्ने बताउनुभयो ।

सो क्रममा प्रदेश नम्बर २ का उद्योग, वन तथा पर्यटन मन्त्री राम नरेश राय यादवले सिमरा–पोखरा हवाई उडानलाई निरन्तर्ता दिनुपर्ने बताउनुभयो । टोलिमा नाटा गण्डकी प्रदेशका संयोजक हरिराम अधिकारी, नाटा गण्डकी प्रदेशका पुर्व अध्यक्ष ओम प्रकाश पाण्डे, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि ब. भट्राई, नाटा केन्द्रका अध्यक्ष अच्युत गुरागाई, नागरिक उड्डन कार्यालय पोखराका प्रमुख बिक्रम गौतम, पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्माका निजि सविच नबिन बिश्वकर्मा, पश्चिमाञ्चल होटल संघका द्धितिय उपाध्यक्ष दिपक श्रेष्ठ, रासस गण्डकी प्रदेशका प्रमुख बासुदेव पौडेल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका अधिकृत जय शक्ति सराफ, नाटा गण्डकी प्रदेशका महासचिव कमला गिरि, नाटा गण्डकी प्रदेशका कोषाध्यक्ष राजेश पहारी, मन्त्री शर्माका प्रेस संयोजक नरेश कंडेल, नाटा गण्डकी प्रदेशका कार्य समिति सदस्य संदिप श्रेष्ठको सहभागिता रहेको छ ।

३ दिनसम्म टोलिले बाराको बिभिन्न पर्यटकीय क्षेत्र, एतिहासिक एवं धार्मिक क्षेत्रको भ्रमण गर्ने नाटा प्रदेश नम्बर २ का अध्यक्ष मोहन शर्माले जानकारी दिनुभयो । मन्त्री शर्मा नेतृत्वको टोलिलाई स्वागत गर्न संबिधानसभा सदस्य शोभाकर पराजुली, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज कुमार साह, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जगन्नाथ घिमिरे, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडा सदस्य रामचन्द्र लामा, डिभिजन बन कार्यालय बाराका प्रमुख मञ्जुर अहमद, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का पर्यटन तथा हवाई यातायातका सह संयोजक सञ्जय अग्रवाल, एन.वाई.ई.एफका अध्यक्ष अनुप अग्रवाल, नाटा प्रदेश नम्बर २ को बरिष्ठ उपाध्यक्ष बिनोद चौधरी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय शाह, उपाध्यक्ष मनोज गुप्ता, महासचिव शिवजी शाह सोनार, सचिव लक्ष्मण अधिकारी लगायतको उपस्थिति रहेको होटल तथा पर्यटन व्यवसायी संघ बाराका उपाध्यक्ष अर्जुन लम्सालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*