थप १ लाख ७ हजारले लगाए खोप, १२६८ जनामा देखियो संक्रमण

ए वान डेस्क
१९ भाद्र २०७८, शनिबार १६:५२

पछिल्लो २४ घण्टामा देशभर १ हजार २६८ जना कोभिड १९ संक्रमित पहिचान भएका छन्। ९ हजार ८७५ जनाको परीक्षण गर्दा १ हजार २४ जनामा पीसीआर परीक्षणका क्रममा र २४४ जनामा एन्टिजेन परीक्षणका क्रममा संक्रमण देखिएको हो।

यस्तै, २ हजार १९५ जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार ८२६ पुगेको छ।

संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ। हालसम्म संक्रमणका कारण १० हजार ८१८ जनाको मृत्यु भइसकेको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १ लाख ७ हजार ५९८ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्। देशभर हालसम्म ५५ लाख ११ हजार ९२९ जनाले खोपको पहिलो मात्रा लगाइसकेका छन्। यस्तै, ४८ लाख ६३ हजार ८३५ जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*