सिमरामा निल डेविड्सको युनिसेक्स सैलुन सञ्चालनमा, यस्तो छ बिशेषता

ए वान डेस्क
२१ भाद्र २०७८, सोमबार ०८:०५

नेपालका चर्चित हेयर स्टाइलिस्ट निल डेभिड्सले आफ्नो शाखा बाराको सिमरामा पनि विस्तार गरेका छन् । सिमरास्थित सिमरा बिजनेस सेन्टरमामा विस्तारित शाखाको सैलुनका सञ्चालक शैलेस गिरिले उद्घाटन गर्नुभएको थियो ।

शाखा विस्तारको अवसरमा आयोजित उद्घाटन कार्यक्रममा चर्चित हेयर स्टाइलिस्ट निल डेभिड्सका छोरा पनि सिमरा आएका थिए । शैलुनमा महिला तथा पुरुषको अनुहार, रुप रंग सुहाउदो तवरले केश सजावटका साथै स्ट्ेरट, फरियल, मेकअप, नेल आर्ट, मेहन्दी, होम ब्राडिल मेकअपका साथै कपालको सौन्दर्य सम्बन्धी विभिन्न सेवा तथा प्रशिक्षण शाखाबाट उपलब्ध हुनेछ ।

सबै प्रकारका सेवाहरु अत्याधुनिक प्रविधिका साथ उपलब्ध हुने र वातावरण अनुकुलित शान्त र सौम्य वातावरणमा सेवा दिइने सञ्चालक गिरिले बताउनुभयो । उहाले भन्नुभयो ‘कुनैपनि व्यक्तिको पर्सनालिटी, पेशा आदिलाई ध्यानमा राखेर हेयर स्टाइल गर्नुपर्छ र त्यसमा हामी सचेत छौं’ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*