आगामी ३ दिनसम्म मेघ गर्जन सहित भारी वर्षाको संभावना

ए वान डेस्क
२१ भाद्र २०७८, सोमबार ०९:२०

आगामी ३ दिनसम्म नेपालका धेरै स्थानमा मेघ गर्जन सहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव रहेकोले देशभर सामान्य तथा पूर्ण बदली रहेको महाशाखाले उल्लेख गरेको छ।

अहिले प्रदेश १, प्रदेश २, बाग्मति, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भईहरेको छ।

महाशाखाका अनुसार प्रदेश १, बाग्मति प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको संभावना छ।

यस्तै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही र प्रदश १, बाग्मती तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा रातमा पनि भारी वर्षा हुने महाशाखाले जनाएको छ। पानीसँगै चट्याङ पर्ने संभावना पनि रहेको महाशाखाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*