चिर्यस लञ्जमा दर खाने कार्यक्रमको आयोजना
ए वान डेस्क /
नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा दर खाने कार्यक्रमको आयोजना गरिएको छ । साबु कस्मेटिक एण्ड ब्युटिपार्लरको आयोजनामा वडा नम्बर १५ मा दर खाने कार्यक्रमको आयोजना गरिएको हो ।
वडा नम्बर १५ स्थित चिर्यस लञ्ज एण्ड बारमा आयोजित दर खाने कार्यक्रममा महिलाहरुको उल्लेख्य उपस्थिति रहेको थियो । दर खाने कार्यक्रमकाबिच लक्की ड्र समेत गरिएको लञ्ज एण्ड बारका सञ्चालक मंगलसिंह तामाङले जानकारी दिनुभयो ।
सो अवसरमा बिजेता भएकाहरुलाई आकर्षक पुरस्कार समेत प्रदान गरिएको उहाले बताउनुभयो ।















