सिमरा प्रहरीद्धारा ३ लाख बराबरको अबैद्य सामान पक्राउ

ए वान डेस्क
२१ भाद्र २०७८, सोमबार २१:३०

ए वान डेस्क /

ईलाका प्रहरीले सिमराले भन्सार छली ल्याएको अबैद्य सामान पक्राउ गरेको छ । पथलैया प्रहरी चौकीको सहयोगमा पथलैयामा खटिएको प्रहरी टोलिले अबैद्य सामान पक्राउ गरेको हो ।

प्राप्त जानकारी अनुसार प्रहरीले ३ लाख बराबरको अबैद्य सामान पक्राउ गरको हो । सवारी चेकजाचका क्रममा भन्सार छली ल्याईएका तिन लाख बराबरको अबैद्य सामान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बिभिन्न खालको तयारी कपडा, ड्रिल मेशिन, तामाको क्वाई, लेडिज ट्राउजर, कम्प्युटर आदी पक्राउ गरिएको जनाएको छ । पक्राउ गरिएको सामाग्री राजश्व अनुसन्धान कार्यालय पथलैयामा थप अनुसन्धानका लागी पठाईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*