तेस्रो भेट्रान कप २०७८ को तयारी अन्तिम चरणमा
ए वान डेस्क /
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा आयोजना हुन लागेको तेस्रो भेट्रान कप २०७८ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आयोजक हुलास फुटबल क्लबका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो ।
स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ असोज १ गतेदेखि शुरु हुदैछ । हुलास अगाडी रहेको गैरी खेल मैदानमा हुने प्रतियोगिता असोज ९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता मुल आयोजक समारोह समितिका संयोजक सोमलाल बोम्जनले प्रतियोगिताको तयारी लगभग पुरा भईसकेको बताउनुभयो ।
फिल्ड मर्मतको काम सकिएको भन्दै संयोजक बोमजनले बाकी काम भईरहेको बताउनुभयो । ‘हाम्रो तयारी लगभग पुरा भईसकेको छ, केहि आन्तरीक तयारीहरु मात्र बाकी छन्’ संयोजक बोम्जनले भन्नुभयो । प्रतियोगितामा २० वटा टिमले सहभागिता जनाउदैछन् । प्रतियोगिताको बिजेताले नगद ५० हजार र उप बिजेताले नगद ३० हजार रुपैया पाउने संयोजक बोम्जनले बताउनुभयो ।
प्रतियोगितामा सिमरा भेट्रान सिमरा, चपुर भेट्रन चपुर, विरगञ्ज युथ एकेडेमी भेट्रान विरगञ्ज, फेन्डसिप भेट्रान हेटौडा, पश्चिम चितवन भेट्रान चितवन, नागसोती भेट्रान हेटौडा, अभिषेक चर्च भेट्रान नवलपरासी, बौद्ध भेट्रान काठमाण्डौ, फ्रेन्डसक्लब भेट्रान काठमाण्डौ, विराटनगर भेट्रान विराटनगर, एफ.सि काल भैरव हेटौडा, भेट्रान सिटि भेट्रान विरगञ्ज, विरगञ्ज सिटि भेट्रान विरगञ्ज, बागमती भेट्रान बागमती, कोल्हवी भेट्रान कोल्हवी, बकुलिया भेट्रान बकुलिया, चाबेल भेट्रान काठमाण्डौ, चितवन भेट्रान चितवन, जैतापुर भेट्रान जैतापुर र आयोजक हुलास फुटबल क्लबले सहभागिता जनाउने संयोजक बोम्जनले जानकारी दिनुभयो ।
प्रतियोगिताको प्रायोजकमा आर.एन ईन्टरप्राईजेज सिमरा र सह प्रायोजकमा यु आर गोल्ड प्रिमियम मसला चिया रहेको प्रतियोगिता मुल समितिका सचिव सुरज लामाले जानकारी दिनुभयो । मिडिया पार्टनरको रुपमा ए वान समाचार डटकम रहेको छ ।























