पर्यटन प्रवद्र्धन गर्न बाराबाट ३ दिने भ्रमण
ए वान डेस्क /
होटल तथा पर्यटन व्यवसायी संघको भ्रमण टोलि बारा फर्किएको छ । आन्तरीक पर्यटन प्रवद्र्धनको निम्ति भन्दै भ्रमण आयोजना गरेको संघ बाराको टोलि हिजो फर्किएको हो । टोलिले ३ दिनसम्म पर्वतको कश्मा, बन्दिपुर, चितवन लागतयका ठाउको भ्रमण गरेको छ । त्यहा“स्थित पर्यटकीय क्षेत्र र धार्मिक क्षेत्रको अवलोकन गरी बारा फर्किएको टोलिमा १८ जना थिए ।
पहिलो दिन बन्दिपुरको भ्रमण गरेको टोलिलाई त्यहा“ स्थित बिन्दवासीनि होमस्टेले स्वागत गरेको थियो । टिपिकल खाजाले टोलिलाई स्वागत गर्दै होमस्टे समितिले पर्यटकीय क्षेत्रको बारेमा जानकारी गराएको थियो । टोलिलाई बन्दिपुर गाउपालिकाले समेत स्वागत गरेको थियो । बन्दिपुरबाट पोखरा हुदै कुश्मा पुगेको टोलिलाई कुश्मा उद्योग वाणिज्य संघले स्वागत गरेको थियो ।
पर्यटन प्रवद्र्धनको बिषयमा उद्योग वाणिज्य संघले अन्र्तक्रिया कार्यक्रम समेत आयोजना गरेको थियो । होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले भ्रमण उपलब्धी मुलक भएको बताउनुभयो । पर्यटनको बिषयमा प्रचार प्रसार गर्ने अवसर आफुहरुले पाएको भन्दै उहाले एक आपसमा अनुभव आदान प्रदान गरिएको बताउनुभयो ।















