द रोयल युनाईटेडले उचाल्यो नक आउट फुटबलको उपाधी
ए वान डेस्क /
बाराको अमलेखगञ्जमा आयोजित सेभेन ए साईड नक आउट फुटबल प्रतियोगिताको उपाधी द रोयल युनाईटेडले उचालेको छ । आज भएको फाईनल खेलमा तमु युवा क्लबलाई पराजित गर्दै द रोयल युनाईटेडले उपाधी उचालेको हो ।
निर्धारित ५० मिनेटको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रकेरमा द रोयल युनाईटेड अमलेखगञ्जले ३–२ गोल अन्तरले तमु युवा क्लबलाई पराजित गरेको थियो । सिद्धबाबा युवा क्लबलाई पराजित गर्दै द रोयल युनाईटेड फाईनल प्रवेश गरेको थियो ।
बिश्वास साहको नेतृत्वमा मैदानमा उत्रिएको द रोयल युनाईटेडले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । प्रतियोेगिताको बिजेता द रोयल युनाईटेडले नगद १५ हजार र उप बिजेता तमु युवा क्लबले ७ हजार ५ सय रुपैया प्राप्त गर्यो । प्रतियोगिता अन्र्तगत द रोयल युनाईटेडले बेस्ट किपर, बेस्ट डिफेन्स र हाई स्कोररको उपाधी उचाल्न सफल भयो भने उप बिजेताले म्यान अफ द म्याच र बेस्ट प्लेयरको उपाधीमा चित्त बुझायो ।
बिजेता द रोयल युनाईटेडलाई कार्यक्रमका प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष मणिकलाल थिङले नगद पुरस्कारसहित ट्रफि र प्रमाण पत्र प्रदान गर्नुभएको थियो । मंगोलियन युवा क्लबको आयोजनामा भएको प्रतियोगिता भदौ १५ गतेदेखि शुरु भएको थियो ।
प्रतियोगितामा १५ वटा टिमको सहभागिता रहेको थियो । समापन कार्यक्रममा वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरी, अनिल पाख्रिन, राजन के.सी लगायतको उपस्थिति रहेको आयोजक क्लबका अध्यक्ष सुदेश गोलेले जानकारी दिनुभयो ।























