प्याबसन बाराद्धारा वक्तित्वकला प्रतियोगिताको आयोजना

नेशनल प्याबसन बाराले प्रा.बि स्तरीय वक्तित्वकला प्रतियोगिताको आयोजना गरेको छ । ५७औ बाल दिवसको अवसर पारेर नेशनल प्याब्सन बाराले प्रा.बि स्तरीय वक्तित्वकला प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका बिद्याथीहरु सहभागि भएका थिए । प्रतियोगितामा छात्रातर्फ अम्ब्रेला ई बो स्कूल जितपुरकी आशिका कुशवाहा, ज्ञान सरोवर एकडमीकी सहिस्ता प्रवीण, मनकामना ई बो स्कूल कलैयाकी श्रृती कुमारी कर्न, ब्राइट फिवचर ई बो स्कूल न्याबस्ती कोल्हवीकी सरीका सुबेदी विजेता भईन् ।
छात्रातर्फ सिमरा पब्लिक स्कूल सिमराका दिगोचन बिश्वकर्मा, केयर भिजन ई बो स्कूलका रोहन साह, पाथिभारा ई बो स्कूलका तेजवाल सिग्देल, एभर ग्रीन ई बो स्कूलका सागर सरार्फ विजेता भए ।