तेस्रो भेट्रान कपमा विरगञ्ज, बकुलिया र हेटौडा विजयी
ए वान डेस्क
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा जारी तेस्रो भेट्रान कप २०७८ मा आज तिन वटा खेल सम्पन्न भएको छ । गैरी खेल मैदानमा आज भएको तिन वटा खेलमा विरगञ्ज, बकुलिया र हेटौडा विजयी भएको छ ।
प्रतियोगिता अन्र्तग्त आज भएको पहिलो खेलमा बागमती भेट्रान बागमतीलाई पराजित गर्दै विरगञ्ज सिटि भेट्रान विरगञ्ज विजयी भयो । यसैगरी दोस्रो खेलमा कोल्हवी भेट्रान कोल्हवीलाई पराजित गर्दै बकुलिया भेट्रान बकुलिया विजयी भएको छ । तेस्रो खेलमा विरगञ्ज युथ एकेडेमी भेट्रान विरगञ्जलाई पराजित गर्दै फ्रेन्डसिप भेट्रान हेटौडा विजयी भएको हो ।
प्रतियोगिता अन्र्तगत भोलि पनि दुई वटा खेल हुने प्रतियोगिता समितिका संयोजक सोमलाल बोम्जनले जानकारी दिनुभयो । भोलि पहिलो खेल पश्चिम चितवन भेट्रान चितवन र नागस्वती भेट्रानबिच हुनेछ भने दोस्रो खेल जैतापुर भेट्रान जैतापुर र आयोजक हुलास फुटबल क्लबबिच हुने संयोजक बोम्जनले जानकारी दिनुभयो ।
कोशेली युथ क्लबको आयोजनामा आजदेखि शुरु भएको प्रतियोगिता असोज ९ गतेसम्म चल्नेछ । प्रतियोगितामा २० वटा टिमको सहभागिता रहेको छ ।















