‘प्रथम डुमरवाना कप २०७८’ असोज ६ गतेदेखि हुने

ए वान डेस्क
३ आश्विन २०७८, आईतवार २०:०२

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा असोज ६ गतेदेखि प्रथम डुमरवाना कप नक आउट फुटबल प्रतियोगिता हुने भएको छ । जनमुखी युवा चारपाते क्लबको आयोजनामा चारपाते खेल मैदानमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताबारे जानकारी दिन आज पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष रामेश्वर चौधरीले असोज १७ गतेसम्म प्रतियोगिता चल्ने बताउनुभयो । प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाउने उहाले बताउनुभयो ।

प्रतियोगिताको बिजेताले ५१ हजार १ सय ११ रुपैया र उप बिजेताले २५ हजार १ सय ११ रुपैया पाउने अध्यक्ष चौधरीले बताउनुभयो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ को मुख्य सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगिता भब्य बनाउने तयारीमा आफुहरु लागेको अध्यक्ष चौधरीले बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रामप्रसाद लामिछानेले खेल क्षेत्रको प्रवद्र्धन गर्न वडा तत्पर रहेको बताउनुभयो । ‘खेल क्षेत्रको विकासको लागी हामीले बजेट नै छुटाएका छौ, यसको प्रवद्र्धन गर्नको निम्ति हामीले कुनै कसर बाकी राख्दैनौ’ उहाले भन्नुभयो ।

पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रेशम तिवारीले प्रतियोगिताको सफल्ताको शुभकामना दिनुभयो । पत्रकार सम्मेलनमा वडा नम्बर १५ का वडा सदस्य हेम नारायण चौधरी, वडा सचिव प्रदिप रेग्मी, प्रलास साह, कृष्ण लामिछाने, शिषपाल चौधरी, नेपाली काग्रेसका युवा नेता ओम पाण्डे, पत्रकार प्रकाश लम्साल, सुनिल गाउले, कृष्ण सिग्देल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा क्लबका एकलान्ती चौधरीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*