तेस्रो भेट्रान कपमा जैतापुर र हेटौडाको विजयी शुरुवात

ए वान डेस्क
३ आश्विन २०७८, आईतवार २१:११

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा जारी तेस्रो भेट्रान कप २०७८ मा आज दुई वटा खेल सम्पन्न भएको छ । कोशेली युथ क्लबको आयोजनामा जारी प्रतियोगितामा आज दुई वटा खेल सम्पन्न भएको हो ।

प्रतियोगिता अन्र्तगत आज भएको पहिलो खेलमा नागसोती भेट्रान हेटौडा विजयी भएको छ । पश्चिम चितवन भेट्रानलाई पराजित गर्दै हेटौडाले विजयी शुरुवात गरेको हो ।

प्रतियोगिता अन्र्तगत आजै भएको दोस्रो खेलमा आयोजक हुलास फुटलब क्लबलाई पराजित गर्दै जैतापुर भेट्रान विजयी भयो । प्रतियोगिता अन्र्तगत भोलि पनि दुई वटा खेल हुने प्रतियोगिताका संयोजक सोमलाल बोम्जनले जानकारी दिनुभयो । बोम्जनका अनुसार भोलि पहिलो खेल नागसोती भेट्रान हेटौडा र फ्रेन्डसिप भेट्रान हेटौडाबिच हुनेछ ।

यसैगरी दोस्रो खेल विरगञ्ज सिटि भेट्रान विरगञ्ज र एफ.सि काल भैरव हेटौडाबिच हुने संयोजक बोम्जनले बताउनुभयो । पहिलो खेल दिउसो ३ बजे र दोस्रो खेल दिउसो ४ बजे हुने उहाले बताउनुभयो । प्रतियोगिता असोज ९ गतेसम्म चल्नेछ । प्रतियोगितामा २० वटा टिमको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*