‘वडा अध्यक्ष कप’ फुटबल : आज वडा नम्बर १४ र १६ भिड्ने
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकामा वडा नम्बर १५ मा जारी वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा आज वडा नम्बर १४ र १६ भिड्ने भएका छन् । न्यु सुन्दरबस्ती युवा क्लबको आयोजनामा सुन्दरबस्ती खेल मैदानमा जारी प्रतियोगितामा आज वडा नम्बर १४ र १६ भिड्ने भएका हुन् ।
दुई टिमबिचको खेल दिउसो ४ बजेदेखि शुरु हुने आयोजक क्लबका अध्यक्ष रबिन्द्र गुरुङले जानकारी दिनुभयो । यसअघि हिजो भएको प्रतियोगितामा वडा नम्बर ४ विजयी भएको थियो । वडा नम्बर १३ लाई ५–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ४ ले विजयी शुरुवात गरेको हो । प्रतियोगिता असोज २५ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा २४ वटा वडाका २४ टिमले सहभागिता जनाउने आयोजक क्लबका अध्यक्ष गुरुङले बताउनुभयो । प्रतियोगिताको बिजेताले ५० हजार र उप बिजेताले २५ हजार रुपैया पाउने अध्यक्ष गुरुङले बताउनुभयो ।
गुरुङका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ हजार नगद प्रदान गरिनेछ ।















