तेस्रो भेट्रान कपमा आज हेटौडा र विरगञ्ज विजयी

ए वान डेस्क
४ आश्विन २०७८, सोमबार २०:३५

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा जारी तेस्रो भेट्रान कप २०७८ मा आज पनि दुई वटा खेल सम्पन्न भएको छ । कोशेली युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको चौथो दिन आज पनि दुई वटा खेल सम्पन्न भएको हो ।

प्रतियोगिता अन्र्तगत आज भएको पहिलो खेलमा फ्रेन्डसिप भेट्रान हेटौडा विजयी भएको हो । नागसोती भेट्रान हेटौडालाई पराजित ३–१ गोल अन्तरले पराजित गर्दै फ्रेन्डसिप भेट्रान विजयी भएको हो ।

यसैगरी दोस्रो खेलमा विरगञ्ज सिटि भेट्रान विरगञ्ज विजयी भएको छ । एफ.सि काल भैरव हेटौडालाई पराजित गर्दै विरगञ्ज विजयी भएको हो ।

प्रतियोगिता अन्र्तगत भोलि पनि दुई वटा खेल हुने प्रतियोगिताका संयोजक सोमलाल बोम्जनले जानकारी दिनुभयो । बोम्जनका अनुसार भोलि पहिलो खेल चावहिल भेट्रान काठमाडौ र चितवन भेट्रान चितवन  बिचमा हुनेछ । यसैगरी दोस्रो खेल सिमरा भेट्रान सिमरा र फ्रेन्डसिप भेट्रान हेटौडाबिच हुने संयोजक बोम्जनले बताउनुभयो ।

पहिलो खेल दिउसो ३ बजे र दोस्रो खेल दिउसो ४ बजे हुने उहाले बताउनुभयो । प्रतियोगिता असोज ९ गतेसम्म चल्नेछ । प्रतियोगितामा २० वटा टिमको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*