तेस्रो भेट्रान कप : आज पनि दुई खेल

ए वान डेस्क
५ आश्विन २०७८, मंगलवार ०८:०३

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा जारी तेस्रो भेट्रान कप २०७८ मा आज पनि दुई वटा खेल हुने भएको छ । कोशेली युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको पाचौ दिन आज पनि दुई वटा खेल हुने भएको हो ।

प्रतियोगिता अन्र्तगत पहिलो खेल चावहिल भेट्रान काठमाडौ र चितवन भेट्रान चितवन बिच हुनेछ । यसैगरी दोस्रो खेल सिमरा भेट्रान सिमरा र फ्रेन्डसिप भेट्रान हेटौडाबिच हुने प्रतियोगिता संयोजक सोमलाल बोम्जनले जानकारी दिनुभयो ।

यसअघि हिजो भएको खेलमा फ्रेन्डसिप भेट्रान हेटौडा र विरगञ्ज सिटि भेट्रान विरगञ्ज विजयी भएको थियो । प्रतियोगिता असोज ९ गतेसम्म चल्नेछ । प्रतियोगितामा २० वटा टिमको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*