तेस्रो भेट्रान कप २०७८ : आज तिन खेल हुने

ए वान डेस्क
६ आश्विन २०७८, बुधबार ०९:२२

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा जारी तेस्रो भेट्रान कप २०७८ मा आज पनि तिन वटा खेल हुने भएको छ । कोशेली युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको छैठौ दिन आज तिन वटा वटा खेल हुने भएको हो ।

प्रतियोगिता अन्र्तगत पहिलो खेल अभिषेक चर्च भेट्रान नवलपरासी र बौद्ध भेट्रान काठमाण्डौबिच हुनेछ । दुई टिमबिचको खेल दिउसो २ बजेदेखि शुरु हुनेछ । यसैगरी दोस्रो खेल फ्रेन्ड्स क्लब भेट्रान काठमाण्डौ र विराटनगर भेट्रान विराटनगरबिच हुनेछ । दुई टिमबिचको खेल दिउसो ३ बजेदेखि शुरु हुनेछ ।

यसैगरी तेस्रो खेल चावहिल भेट्रान काठमाण्डौ र बकुलिया भेट्रानबिच खेल हुनेछ । दुई टिमबिचको खेल दिउसो ४ बजेदेखि शुरु हुने प्रतियोगिता संयोजक सोमलाल बोम्जनले जानकारी दिनुभयो । यसअघि हिजो भएको खेलमा फ्रेन्डसिप भेट्रान हेटौडा र चावहिल भेट्रान काठमाण्डौ विजयी भएको थियो ।

पहिलो खेलमा चितवन भेट्रान चितवनलाई पराजित गर्दै चावहित भेट्रान काठमाण्डौ विजयी भएको थियो । यसैगरी दोस्रो खेलमा सिमरा भेट्रान सिमरालाई पराजित गर्दै फ्रेन्डसिप भेट्रान हेटौडा विजयी भएको थियो । प्रतियोगिता असोज ९ गतेसम्म चल्नेछ । प्रतियोगितामा २० वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजेताले नगद ५० हजार र उप बिजेताले नगद ३० हजार रुपैया पाउनेछ । प्रतियोगितामा सिमरा भेट्रान सिमरा, चपुर भेट्रन चपुर, विरगञ्ज युथ एकेडेमी भेट्रान विरगञ्ज, फेन्डसिप भेट्रान हेटौडा, पश्चिम चितवन भेट्रान चितवन, नागसोती भेट्रान हेटौडा, अभिषेक चर्च भेट्रान नवलपरासी, बौद्ध भेट्रान काठमाण्डौ, फ्रेन्डसक्लब भेट्रान काठमाण्डौ, विराटनगर भेट्रान विराटनगर, एफ.सि काल भैरव हेटौडा, भेट्रान सिटि भेट्रान विरगञ्ज, विरगञ्ज सिटि भेट्रान विरगञ्ज, बागमती भेट्रान बागमती, कोल्हवी भेट्रान कोल्हवी, बकुलिया भेट्रान बकुलिया, चाबेल भेट्रान काठमाण्डौ, चितवन भेट्रान चितवन, जैतापुर भेट्रान जैतापुर र आयोजक हुलास फुटबल क्लबले सहभागिता रहेको छ ।

प्रतियोगिताको प्रायोजकमा आर.एन ईन्टरप्राईजेज सिमरा र सह प्रायोजकमा यु आर गोल्ड प्रिमियम मसला चिया रहेको प्रतियोगिता मुल समितिका सचिव सुरज लामाले जानकारी दिनुभयो । मिडिया पार्टनरको रुपमा ए वान समाचार डटकम रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*