‘वडा अध्यक्ष कप’ फुटबल : वडा नम्बर १ विजयी

ए वान डेस्क
६ आश्विन २०७८, बुधबार २१:४३

ए वान डेस्क 

जीतपुरसिमरा उपमहानगरपालिकामा वडा नम्बर १५ मा जारी वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा आज वडा नम्बर १ विजयी भएको छ । न्यु सुन्दरबस्ती युवा क्लबको आयोजनामा सुन्दरबस्ती खेल मैदानमा जारी प्रतियोगितामा आज वडा नम्बर १८ लाई पराजित गर्दै वडा नम्बर १ विजयी भएको हो ।

प्रतियोगिता अन्र्तगत भोलि वडा नम्बर १० र १७ बिच हुने आयोजक क्लबका अध्यक्ष रबिन्द्र गुरुङले जानकारी दिनुभयो । प्रतियोगिता असोज २५ गतेसम्म चल्नेछ । प्रतियोगितामा २४ वटा वडाका २४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले ५० हजार र उप बिजेताले २५ हजार रुपैया पाउने अध्यक्ष गुरुङले बताउनुभयो ।

गुरुङका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ हजार नगद प्रदान गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*