तेस्रो भेट्रान कप २०७८ : फाईनल भोलि, काठमाण्डौ र ललितपुर भिड्ने

ए वान डेस्क
८ आश्विन २०७८, शुक्रबार २१:४६

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा जारी तेस्रो भेट्रान कप २०७८ को फाईनल खेल भोलि हुदैछ । कोशेली युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको फाईनल खेल भोलि हुन लागेको हो ।

उपाधीका लागी भोलि फ्रेन्ड्स क्लब ललितपुर र चावहेल भेट्रान काठमाण्डौबिच प्रतिस्पर्धा हुनेछ । गैरी खेल मैदानमा आज भएको पहिलो सेमिफाईनल खेलमा फ्रेन्डसिप भेट्रान हेटौडालाई पराजित गर्दै फ्रेन्ड्स क्लब ललितपुर फाईनल प्रवेश गरेको थियो । यसैगरी दोस्रो खेलमा विरगञ्ज सिटि भेट्रानलाई पराजित गर्दै चावहेल भेट्रान काठमाण्डौले फाईनलको यात्रा तय गरेको थियो ।

असोज १ गतेदेखि शुरु भएको प्रतियोगितामा २० वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको बिजेताले ५० हजार र उप बिजेताले ३० हजार रुपैया पाउने प्रतियोगिता संयोजक सोमलाल बोम्जनले जानकारी दिनुभयो । प्रतियोगितामा सिमरा भेट्रान सिमरा, चपुर भेट्रन चपुर, विरगञ्ज युथ एकेडेमी भेट्रान विरगञ्ज, फेन्डसिप भेट्रान हेटौडा, पश्चिम चितवन भेट्रान चितवन, नागसोती भेट्रान हेटौडा, अभिषेक चर्च भेट्रान नवलपरासी, बौद्ध भेट्रान काठमाण्डौ, फ्रेन्डसक्लब भेट्रान काठमाण्डौ, विराटनगर भेट्रान विराटनगर, एफ.सि काल भैरव हेटौडा, भेट्रान सिटि भेट्रान विरगञ्ज, विरगञ्ज सिटि भेट्रान विरगञ्ज, बागमती भेट्रान बागमती, कोल्हवी भेट्रान कोल्हवी, बकुलिया भेट्रान बकुलिया, चाबेल भेट्रान काठमाण्डौ, चितवन भेट्रान चितवन, जैतापुर भेट्रान जैतापुर र आयोजक हुलास फुटबल क्लबले सहभागिता रहेको छ ।

प्रतियोगिताको प्रायोजकमा आर.एन ईन्टरप्राईजेज सिमरा र सह प्रायोजकमा यु आर गोल्ड प्रिमियम मसला चिया रहेको प्रतियोगिता मुल समितिका सचिव सुरज लामाले जानकारी दिनुभयो । मिडिया पार्टनरको रुपमा ए वान समाचार डटकम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*