तेस्रो भेट्रान कप २०७८ : ललितपुर बिजेता, काठमाण्डौ उपबिजेता

ए वान डेस्क
९ आश्विन २०७८, शनिबार १९:२४

ए वान डेस्क /

फ्रेन्ड्स क्लब ललितपुरले तेस्रो भेट्रान कप २०७८ को उपाधी उचालेको छ । चावहेल भेट्रान काठमाण्डौलाई २–० गोल अन्तरले पराजित गर्दै ललितपुरले उपाधी उचालेको हो । गैरी खेल मैदानमा आज भएको फाईनल खेलमा ललितपुरका लागि जर्सि नम्बर ५ का जुमानु राईले २ गोल गरेका थिए ।

निकै प्रतिस्पर्धात्मक अनि रोमाञ्चक बनेको फाईनल खेलमा चावहेल भेट्राले अवसर पाएपनि सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपर्यो । प्रतियोगिताको बिजेता फ्रेन्ड्स क्लब ललितपुरले ५० हजार र उप बिजेता चावहेल भेट्रान काठमाण्डौले ३० हजार प्राप्त गरेको छ । प्रतियोगिता अन्र्तगत आजको म्यान अफ दि म्याच ललितपुरका जर्सि नम्बर ५ का जुमाई राई घोषित भए ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधी चावहीलका जर्सि नम्बर ११ सागर थापा घोषित भए । उनले प्रतियोगिता अवधीभर सर्वाधिक ५ गोल गर्न सफल भएका थिए । प्रतियोगिताको म्यान अफ द सिरिज सागर थापा, बेस्क किपर फ्रेन्ड्स क्लब, बेस्ट डिफेन्स फेन्डस क्लब र बेस्ट मिडफिल्डरको उपाधी चावहेल भेट्राले प्राप्त गरेको छ ।

कोशेली युथ क्लबको आयोजनामा असोज १ गतेदेखि शुरु भएको प्रतियोगितामा २० टिमले सहभागिता जनाएका थिए । यसअघि प्रतियोगिताको समापन समारोहमा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले खेल क्षेत्रको विकासका निम्ति उपमहानगर प्रतिवद्ध रहेको बताउनुभयो । बिभिन्न समयमा आयोजना हुने यस्तो प्रतियोगिताले खेल क्षेत्रको विकासमा ठुलो भुमिका खेल्ने भन्दै उहाले उपमहानगरले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

‘यस्ता प्रतियोगिताले धेरै कुरामा परिवर्तन ल्याउछ, यसको प्रवद्र्धन र विकास गर्न आवश्यक छ’ उहाले भन्नुभयो । कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता मनोज पौडेलले खेल क्ष्ँेत्रको विकास गर्न उपमहानगरपालिकाले बिशेष योजना ल्याउनुपर्ने बताउनुभयो । जनहित उपभोक्त समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले पर्यटन प्रवद्र्धन गर्न खेल क्षेत्रको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हिराबहादुर गुरुङ, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक मनोजित कुवर, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य दिनेश राई, राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सत्य श्रेष्ठ, आर.एन ईन्टरप्राईजेज सिमराका सञ्चालक राजकुमार श्रेष्ठ, यु आर गोल्ड प्रिमियम मसला चियाका सञ्चालक उमेश चौलागाई, खेलप्रेमी उदय श्रेष्ठ, सिमरा भेट्रान सिमराका अध्यक्ष आरिफ हुसेन, उपायक्ष समिर आले, नव दुर्गा युवा क्लबका अध्यक्ष हरि चौधरी, काग्रेसका युवा नेता आशिष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगित संयोजक सोमलाल बोम्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतियोगिताका सल्लाहकार रबिन्द्र खकुरेलले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रदिप गौतमले गर्नुभएको थियो । कार्यक्रमकाबिच प्रतियोगिता सफल्तापुर्वक सम्पन्न गर्न सहयोग गर्ने बिभिन्न संघ संस्था र व्यक्ति बिशेषलाई कदर पत्रद्धारा सम्मान गरिएको थियो । समापन कार्यक्रममा बोल्दै प्रतियोगिता संयोजक सोमलाल बोम्जनले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*