‘वडा अध्यक्ष कप’ फुटबल : वडा नम्बर ८ द्धारा ३ पराजित
जीतपुरसिमरा उपमहानगरपालिकामा वडा नम्बर १५ मा जारी वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा आज वडा नम्बर ८ विजयी भएको छ । न्यु सुन्दरबस्ती युवा क्लबको आयोजनामा सुन्दरबस्ती खेल मैदानमा जारी प्रतियोगितामा आज वडा नम्बर ८ विजयी भएको हो ।
वडा नम्बर ३ लाई ४–२ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ८ विजयी भएको हो । प्रतियोगिता अन्र्तगत भोलि वडा नम्बर २ र वडा नम्बर ७ बिच खेल हुने आयोजक क्लबका अध्यक्ष रबिन्द्र गुरुङले जानकारी दिनुभयो ।
गुरुङका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ हजार नगद प्रदान गरिनेछ ।















