‘वडा अध्यक्ष कप’ फुटबल : वडा नम्बर ७ द्धारा २ पराजित

ए वान डेस्क
१० आश्विन २०७८, आईतवार २१:०५

ए वान डेस्क 

जीतपुरसिमरा उपमहानगरपालिकामा वडा नम्बर १५ मा जारी वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा आज वडा नम्बर ७ विजयी भएको छ । न्यु सुन्दरबस्ती युवा क्लबको आयोजनामा सुन्दरबस्ती खेल मैदानमा जारी प्रतियोगितामा वडा नम्बर ७ विजयी भएको हो ।

वडा नम्बर २ लाई ट्राईब्रकेरमा ७–६ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ७ विजयी भएको हो । प्रतियोगिता अन्र्तगत भोलि वडा नम्बर ५ र वडा नम्बर ९ बिच खेल हुने आयोजक क्लबका अध्यक्ष रबिन्द्र गुरुङले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*