प्रथम डुमरवाना कप : आज पर्सा र रौतहट भिड्ने
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा जारी प्रथम डुमरवाना कप नक आउट फुटबल प्रतियोगिता २०७८ मा आज जनज्योति युवा क्ल्ब रौतहट र पर्सागढी युवा स्पोर्टस पर्सा भिड्ने भएका छन् । जनमुखी युवा चारपाते क्लबको आयोजनामा चारपाते खेल मैदानमा जारी प्रतियोगितामा आज रौतहट र पर्सा भिड्ने भएका हुज् ।
दुई टिम बिचको खेल दिउसो ३ बजेदेखि शुरु हुने आयोजक क्लबका राकेश चौधरीले जानकारी दिनुभयो । यसअघि हिजो भएको खेलमा भक्तपुर फुटबल क्लब विजयी भएको हो । असोज ६ गतेदेखि शुरु भएको प्रतियोगिता असोज १७ गतेसम्म चल्नेछ ।
प्रतियोगिताको बिजेताले नगद ५१ हजार १ सय ११ रुपैया र उप बिजेताले २५ हजार १ सय ११ रुपैया पाउनेछन् ।















