प्रथम डुमरवाना कपको फाईनल भोलि, भक्तपुर र बकुलिया भिड्ने
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा जारी प्रथम डुमरवाना कप फुटबल प्रतियोगिताको फाईनल खेल भोलि हुदैछ । जनमुखी युवा चारपाते क्लबको आयोजनामा चारपाते खेल मैदानमा जारी प्रतियोगिताको अन्तिम भिडन्त भोलि हुन लागेको हो ।
उपाधीका लागी भोलि भक्तपुर फुटबल क्लब काठमाण्डौ र त्रिशुल युवा क्लब बकुलियाबिच भिडन्त हुने आयोजक क्लबले जनाएको छ । यसअघि असोज १७ गतेदेखि हुने भनिएको फाईनल खेल लगातारको बर्षाले सारिएको थियो ।
प्रतियोगिताको बिजेताले नगद ५१ ह्जार १ सय ११ र उप बिजेताले नगद २५ हजार १ सय ११ रुपैया पाउनेछन् । असोज ६ गतेदेखि शुरु भएको प्रतियोगिताको भोलि समापन गर्न लागिएको हो ।
फाईनल खेल दिउसो २ बजेदेखि शुरु हुने आयोजक क्लबले जनाएको छ ।















