अमलेखगञ्जमा ‘महिला फुटबल प्रतियोगिता’ को आयोजना
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगञ्जमा प्रथम ऐतिहासिक महिला फुटबल प्रतियोगिता २०७८ को आयोजना गरिएको छ । सिद्धबाबा फुटबल क्बलको आयोजनामा मौफसलमै पहिलो पटक महिला फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको हिजो एक कार्यक्रमकाबिच वडा नम्बर २२ का वडा अध्यक्ष मणिकलाल थिङले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण शाही ठकुरी, वडा नम्बर २२ का वडा सदस्यहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।
खेलकुदमा महिलाको विकास र पहुचको लागी ऐतिहासिक भन्ने नाराका साथ हिजोदेखि शुरु भएको प्रतियोगिता असोज २६ गतेसम्म चल्नेछ । सिद्धबाबा खेल मैदानमा आयोजित प्रतियोगितामा मकवानपुर, सर्लाही, चितवन, पर्सा र बाराका टिमहरु सहभागि छन् ।
प्रतियोगिता अन्र्तगत हिजो भएको उद्घाटन खेलमा आयोजक सिद्धबाबा युवा क्लब विजयी भएको छ । फ्याफुल्ला युवा क्लबलाई ५–० गोल अन्तरले पराजित गर्दै सिद्धबाबाले विजय शुरुवात गरेको हो ।
प्रतियोगिता अन्र्तगत आज बागमती फुटबल क्लब सर्लाही र नवकालिकन नगरपालिका चितवनबिच खेल हुने आयोजक क्लबका अध्यक्ष दिपेन्द्र लामाले जानकारी दिनुभयो ।























