‘प्रथम डुमरवाना कप फुटबल’ को उपाधी भक्तपुरले उचाल्यो

ए वान डेस्क
२० आश्विन २०७८, बुधबार ०९:२२

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा आयोजित प्रथम डुमरवाना कप फुटबल प्रतियोगिताको उपाधी भक्तपुर फुटबल क्लबे उचालेको छ । जनमुखी युवा चारपाते क्लबको आयोजनामा चारपाते खेल मैदानमा आयोजित प्रतियोगिताको अन्तिम भिडन्तमा बकुलियालाई पराजित गर्दै भक्तपुरले उपाधी उचालेको हो ।

हिजो भएको फाईनल खेलमा त्रिसुल युवा क्लब बकुलियालाई २–१ गोल अन्तरले पराजित गर्दै भक्तपुरले उपाधी कब्जा गर्न सफल भएको हो । बिजेता भक्तपुरले नगद ५१ ह्जार १ सय ११ रुपैया प्राप्त गरेको छ भने उप बिजेता बकुलियाले २५ हजार १ सय ११ रुपैयामा चित्त बुझाएको छ ।

प्रतियोगिता असोज ६ गतेदेखि शुरु भएको थियो । यसअघि हिजो आयोजित प्रतियोगिताको समापन समारोहमा वडा नम्बर १५ का वडा अध्यक्ष प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा समाजसेवी हेम नारायाण चौधरी, राज नारायण चौधरी, वडा नम्बर १५ का वडा सदस्य राजन भट्राई, नेकपा एमालेका नेता राजकुमार अर्याल लगायतको उपस्थिति रहेको थियो ।

क्लबका अध्यक्ष रामेश्वर खाः थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका एटलान्टिक चौधरीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*