‘वडा अध्यक्ष कप’ फुटबल : वडा नम्बर ४ फाईनल प्रवेश

ए वान डेस्क
२३ आश्विन २०७८, शनिबार २०:३१

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकामा वडा नम्बर १५ मा जारी वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा वडा नम्बर ४ फाईनलमा प्रवेश गरेको छ । न्यु सुन्दरबस्ती युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा वडा नम्बर ४ फाईनलमा प्रवेश गरेको हो ।

सुन्दरबस्ती खेल मैदानमा आज भएको अन्तिम सेमिफाईनल खेलमा वडा नम्बर ८ लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ४ फाईनल प्रवेश गरेको हो । अब उपाधीका लागी असोज २५ गते वडा नम्बर १५ र वडा नम्बर ४ बिच फाईनल खेल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*