अमलेखगञ्ज ‘महिला फुटबल प्रतियोगिता’ : आज सिद्धबाबा विजयी

ए वान डेस्क
२३ आश्विन २०७८, शनिबार २०:४१

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगञ्जमा प्रथम ऐतिहासिक महिला फुटबल प्रतियोगिता २०७८ मा आज सिद्धबाबा युवा क्लब विजयी भएको छ । सिद्धबाबा फुटबल क्बलको आयोजनामा भएको प्रतियोगितामा आज आयोजक क्लब विजयी भएको हो ।

मौफसलमै पहिलो पटक अमलेखगञ्जमा आयोजना गरिएको महिला फुटबल प्रतियोगितामा आज सिद्धबाबाले साहारा युथ क्लबलाई ५–१ गोल अन्तरले पराजित गरेको थियो । खेलकुदमा महिलाको विकास र पहुचको लागी ऐतिहासिक भन्ने नाराका साथ हिजोदेखि शुरु भएको प्रतियोगिता असोज २६ गतेसम्म चल्नेछ ।

सिद्धबाबा खेल मैदानमा आयोजित प्रतियोगितामा मकवानपुर, सर्लाही, चितवन, पर्सा र बाराका टिमहरु सहभागि रहेको आयोजक क्लबका अध्यक्ष दिपेन्द्र लामाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*