२७२ संक्रमित थपिँदा ७७७ संक्रमणमुक्त, खोप लगाउने शून्य

ए वान डेस्क
२९ आश्विन २०७८, शुक्रबार १८:४२

पछिल्लो २४ घण्टामा देशभर २७२ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार हजार ७१२ जनाको स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पिसिआर विधिबाट दुई हजार ९२ स्वाब परीक्षण गर्दा २४० तथा एन्टिजेन विधिबाट दुई हजार ६२० स्वाब परीक्षण गर्दा ३२ जनामा कोरोना भाइरस देखिएको हो। शुक्रबार ७७७ कोरोना संक्रमित निको भएका छन्। आज कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या भने शून्य रहेको छ।

यो अवधिमा कोरोना भाइरस संक्रमणका कारण आठजनाले ज्यान गुमाएका छन्। अब नेपालमा १३ हजार ३०८ सक्रिय संक्रमित छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*